हल्दीवारी , बैशाख १७ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि हल्दीवारी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा आजदेखि तीन दिनका लागि स्थगित गरेको छ ।

गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेलाई हिजो संक्रमण पुष्टि भएको हो । न्यौपानेकी श्रीमतीलाई पनि संक्रमण देखिएको छ । त्यस्तै गाउँपालिकाका अन्य कर्मचारी पनि विरामी भएका छन् । उनीहरुको पीसीआर परीक्षण गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालले जानकारी दिए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले वडा कार्यालयसहित अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्