बाह्रदशी , बैशाख १७ । झापाको बाह्रदशीमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ ।

बिहीबार साँझ ७.३० बजे बाह्रदशी गाउँपालिका वडा नं. २ स्थित राजगढबाट कुटीतर्फ जादै गर्दा बाह्रदशी १ बस्ने अन्दाजी ४० वर्षिय दयालाल राजवंशी साईकलबाट आफै अनियन्त्रित लडेका थिए । लडिरहेको अवस्थामा स्थानीयले देखेर जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी टोली खटी गई घाईतेलाई उपचारको लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड पठाएको थियो । उनको शुक्रबार दिउँसो १.३० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्