बिर्तामोड , बैशाख १७ । शिखर बचत तथा ऋण सहकारी संस्थाले दिनप्रतिदिन कोभिड १९ बढिरहेको हुँदा सचेत र सुरक्षित रहँदै व्यापार व्यवसाय गरौ भन्ने उद्धेश्यले आफ्ना सदस्यहरुका लागि जनचेतनामूलक कार्यक्रम गरेको छ ।

कोभिड १९ बाट बाच्न मास्कको प्रयोग गरौलगायतका कोभिडसम्वन्धी जनचेतनामूलक प्लेकाडर्, व्यानरसहित बिर्तामोड परिक्रमा गरेको छ ।आफ्ना सेवाकेन्द्रहरुमा सदस्यहरुलाई सचेतना फैलाउने उद्धेश्यले बैशाख १७ गते बिर्तामोडमा, १८ गते अर्जुनधारा, १९ गते गरामनी र २० गते राजगढ सेवाकेन्द्रमा बजार परिक्रमा गर्दै मास्क वितरण गरिने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । बिर्तामोडमा गरिएको कार्यक्रममा पनि मास्क वितरण गरिएको थियो । बढ्दो कोभिडबाट बच्न सचेत र सुरक्षित नै रहनु पर्ने आजको आवश्यकता भएकाले अनावश्यक हिडडुल र भीडभाड नगर्न अनुरोध गरियो । शिखर साकोसले प्रतिकुल अवस्थामा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्