बिर्तामोड , बैशाख १९ । कोरोना संक्रमण देखिएका झापा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई आइसियुमा भर्ना गरिएको छ ।

उनको अबस्था गंभीर रहेकाले आईसियुमा भर्ना गरिएको बिएण्डसी हस्पिटलले जनाएको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । कोरोना संक्रमण भएपछि उनलाई दुई दिनअघि बिएण्डसीमा भर्ना गरिएको थियो । बिएण्डसी हस्पिटलमा अहिले १४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्