बिर्तामोड , बैशाख १९ । बिर्तामोड ३ स्थित ग्रामकाली मन्दिरमा सामुदायिक भवन निर्माणका लागि एकजना दाताले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं.–६, निवासी राजु भण्डारी र उनकी श्रीमती सिता मैनाली भण्डारीले धर्म, संस्कार र धरोहर संरक्षणका लागि ग्रामकाली मन्दिरलाई .५० हजार ५०५ रुपैयाँ प्रदान गरेका हुन् । सामाजिक अभियन्ता भण्डारीले आफ्नो पसिनाबाट आर्जेको केही रकम सामाजिक कार्यमा लगाउने उद्धेश्यले ग्रामकाली मन्दिरमा निर्माणाधिन सामुदायिक भवनको लागि हस्तान्तरण गरेको बताएका छन् । उनले मन्दिर संरक्षण समितिले गरेको कामको प्रशंसा समेत गरेका थिए । भण्डारीले आफूले इटहरीलगायत विभिन्न मठमन्दिर, सामाजिक संघसंस्थामा सहयोग गर्दै आएको बताए । आर्थिक पारदर्शिता र विश्वास रहेर मन्दिरमा सहयोगी दाता महानुभावहरुको निरन्तर सहयोग रहेको मन्दिर समितिका सचिव टिका अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्