बिर्तामोड, बैशाख १९ । बिर्ताबजारको पुरानो दुर्गा मन्दिरलाई सार्दा अनिष्टको अपवाह फैलाउने ‘झाक्रीहरु’ले फेरि नाटक देखाएका छन् ।

दुर्गा भवानी शरीरमा प्रवेश गरेको भन्दै एकजना महिलाले रमिता देखाएकी हुन् । आफूलाई माता बताउने पृथ्वीनगर ज्ञाने चोककी एक महिलाले बौराउँदै रमिता देखाउन खोजेकी थिइन् । तर , प्रहरीले ती महिलालाई मन्दिरमा रमिता देखाउन दिएन । कोरोना कहरका बेला मानिसको भीड जम्मा गरेर ती महिला कामिरहँदा प्रहरीले त्यहाँबाट हटाएको थियो । केही स्थानीय भद्रभलाद्मीहरुले रमिता बन्द गर्न लगाउन प्रहरीलाई अनुरोध गरेका थिए । यसअघि पुरानो ठाउँबाट नयाँ ठाउँमा सार्ने बेलामा पनि केहीले अनेक अपवाह फैलाएका थिए । बिर्तामोड चन्द्रगढी सडकको क्षेत्रभित्र परेको पुरानो दुर्गा मन्दिरलाई कात्तिक १ गते स्थानान्तरण गरिएको थियो । घटस्थापनाको अवसर पारेर धार्मिक विधि अनुसार दुर्गा भगवतीको मूर्तिलाई नयाँ मन्दिरमा स्थानान्तरण गरिएको हो । त्यसको अघिल्लो दिन राति समाजमा अपवाह फैलाउन खोज्ने केही ब्यक्तिहरुले मन्दिर बांगिएको भन्दै आतंक सिर्जना गर्न खोजेका थिए । बीच बाटोमा परेको सो मन्दिर सार्न नदिने केही व्यक्तिहरुले गलत मनसाय राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्