दमक, बैशाख १९ । झापाको दमक नगरपालिका वडा न. २ को बेलडाँगीमा रहेको दमक अस्पताल कोभिड उपचार केन्द्र आइतवारदेखि पुनः सञ्चालनमा ल्याईएको छ ।

गएको वर्ष कोभिडका विरामीलाई लक्षित गरी निर्माण गरिएको उपचार केन्द्रलाई पुनः सञ्चालनमा ल्याईएको दमक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार उपचार केन्द्रमा ४ वटा एचडीयुसहित कूल ३० बेडको क्षमता छ । दमकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५९ हाराहारीमा छ ।संक्रमितमध्ये ४ जना स्थानीय अस्पतालमा र अन्य ५५ जना संक्रमितहरु भने घरघरमै चिकित्सकहरुको सल्लाहअनुसार उपचाररत् रहेको उनले जानकारी दिइन् ।
दमकको कोभिड उपचार केन्द्रमा अक्सिजनबाहेकको सबै सेवा निशुल्क छ । अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई भने तत्काल प्रतिघण्टा ५० रुपैयाँ र २४ सै घण्टा अक्सिजन दिनुपर्ने अवस्था भएमा ८०० रुपैयाँ शुल्क तोकिएको छ । संक्रमितहरुको उपचारका लागि अन्य कुनै पनि किसिमका शुल्क नलिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्