बिर्तामोड, बैशाख १९ । बिर्तामोड नगरपालिका वडा नं. ५ मा लिम्बू भाषा याक्थुङ् पानः अनौपचािरक कक्षा शुरु गरिएको छ ।

बिर्तामोडमा शनिवार लिम्बू भाषाको अनौपचारिक कक्षा सञ्चालन शुरु गरिएको हो ।
किरात याक्थुङ् चुम्लुङ् महिला समूह बिर्तामोड ५ इन्द्रेणीको आयोजनामा शुरु भएको उक्त भाषिक कक्षा महिनाको ४ दिन प्रत्येक शनिवार सञ्चालन गरिनेछ । भाषा कक्षाको सहजीकरण लिम्बू भाषा साहित्यकार पुष्पहाङ् लोवाले गर्दै आएका छन् ।
उक्त भाषिक कक्षा सञ्चालन गर्न कियाचु महिला समूहले आन्तरिक रूपमा स्रोत साधन जुटाएको छ । अनौपचारिक कक्षामा स्थानीय लिम्बू भाषीहरू दुई दर्जनको सहभागिता रहेको भाषा शिक्षक लोवाले बताए ।
किरात याक्थुङ् चुम्लुङ् महिला समूह वडा न ५ इन्द्रेणी टोलकी अध्यक्ष नुदिङ् पवित्रा तेयुङ् लावतीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा बिर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्र लिङ्देन, कियाचु बिर्तामोड नगर शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, शर्ण लोवा, प्रकाश लिङ्देन, मनबहादुर सङ्बो, गंगा कन्दङ्वा काम्बाङ्लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्