झापा , बैशाख १९ । भद्रपुरमा बच्चा चोर्न लागेको भन्दै एक अपरिचित व्यक्तिलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्ने व्यक्ति मानसिक रुपमा अस्वस्थ छन् । अन्दाजी ५० वर्षका ती व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।
स्थानीयलाई उद्धृत गरी प्रहरीले जनाए अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका–८ घोडामारा निवासी कमला टुडुका २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए । घर छेउको बाटो नजिकै बिहान ८ बजे पानीमा खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए । त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । बच्चा चोर्न खोजेको भनिएका व्यक्ति मानसिक रुपमा अस्वस्थ रहको डिएसपी थापाले बताए । उनले पीडित बालकका परिवारले अहिलेसम्म प्रहरीलाई लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि नबढाएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्