भद्रपुर,बैशाख २० । बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले गएरातिदेखि सातदिने निषेधाज्ञा जारी गरेको छ ।

अत्यावश्यक बाहेकका सेवा बन्द गर्नेगरी प्रशासनले निषेधाज्ञा जारी गर्दै यातायात क्षेत्रमा जोर बिजोर प्रणाली कार्यान्वयनमा ल्याएको छ ।विहानदेखि सवारी साधनहरु आंशिक रुपमा संचालन भइरहेको जनाइएको छ ।निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।
जिल्लामा कोरोना संक्रमण तीब्र गतिमा फैलन थालेको ठहर गर्दै प्रशासनबाट दिइने अत्यावश्यक बाहेकका अन्य सबै सेवा आजबाट एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्