दमक , बैशाख २० । कोरोना संक्रमणका कारण दमकका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ५ की ६५ वर्षिया बृद्धा रहेकी छन् ।

धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज विहान पौने ८ बजे ती बृद्धाको मृत्यु भएको हो । बैशाख १४ गते संक्रमण पुष्टि भएपछि ती बृद्धालाई १५ गते भर्ना गरिएको थियो । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण दमकमा मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि दमकमा एक बृद्धको मृत्यु भएको थियो । अहिलेसम्म दमकमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ३५ पुगेको छ भने जिल्लामा १३५ पुगेको छ । दमक नगरपालिकामा सोमबार बिहानसम्ममा नयाँ भेरियन्टका ९५ जना संक्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्