झापा , बैशाख २० । झापामा कोरोना संक्रमितको सँख्या डरलाग्दो किसिमले बढ्दै गएको छ ।

दोहोरो अंकमा रहेको संक्रमितको सँख्या तेहोरो अंकमा उक्लिएको छ । जिल्लामा सोमबार १५१ जना संक्रमित देखिएका छन् । बिर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११–११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बा्रहदशीमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ जनमाा संक्रमण पुष्टि भएको हो । त्यस्तै प्रदेश १ मा सोमबार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो संख्या अहिलेसम्मकै उच्च हो ।

मोरङमा २८२,सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९७ महिला र १२९ पुरुषसहित २२६ जनामा संक्रमण देखिएको छ । यस्तै, सुन्दरहैचामा २०, जहदामा ७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरीमा ४, पथरीशनिश्चरे र बेलबारीमा ३–३, लेटाङ, रंगेली र सुनबर्षीमा २–२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १ जना संक्रमित भेटिएका छन् । उता उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, शहिदभूमी र साँघुरीगढीमा १, संखुवासभाको खाँदबारीमा ६, इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा योसँगै कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमितमध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ ।
प्रदेशमा सोमबार १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्