बिर्तामोड , बैशाख २१ । झापामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी ८ का ७० बर्षिय नरप्रसाद उप्रेती रहेका छन् । उनको हिजो साँझ बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । उप्रेतीलाई पाँच दिनअघि उपचारका लागि काठमाडौबाट हेलिकप्टरमार्फत बिएण्डसी अस्पताल ल्याइएको थियो ।योसँगै कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको सँख्या १३६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्