झापा , बैशाख २१ । शिवसताक्षी नगरपालिका ८ डुडामारीका २८ बर्षीय जीवन थाम्सुहाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माई खोलामा उनी साथीहरूसंग पौडी खेल्ने क्रममा माई खोलाको बाँधबाट बगेर बेपत्ता भएका थिए ।
थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाउँबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्