झापा , बैशाख २१ । कोरोना संक्रमितको सँख्या दिनानुदिन बढ्दै गएपछि झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आज बसेको बैठकमा भोलि राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय भएकोे बैठकमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख सोम पार्तेलले बताए । झापामा सोमबारदेखि आंशिक रुपमा निषेधाज्ञा लगाइएको छ । विहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात संचालन भइरहेको छ । अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल , बजार , यातायात पूर्ण रुपमा बन्द गरिने छ । कुनै पनि जिल्लामा सक्रिय संक्रमितको सँख्या ५ सय पुगेपछि प्रशासनलाई पूर्ण निषेधाज्ञा लगाउन पाउने अधिकार छ । झापामा सक्रिय संक्रमितको सँख्या ७४१ पुगेको छ ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्