बिर्तामोड , बैशाख २२ । कोरोना संक्रमण भएपछि विगत पाँच दिनदेखि उपचाररत अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको स्वास्थ्यमा खासै सुधार नआएको अस्पतालले जनाएको छ ।

उनलाई बैशाख १७ गते बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो । आइसियुमा भर्ना गरिएका खाम्याहाङको अबस्था गंभीर रहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।उनलाई भेन्टिलेटरमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्