झापा , बैशाख २२ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर ६ का ४८ वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज साँझ ४.३० बजे मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई हिजो संक्रमण पुष्टि भएको थियो । यसअघि आजै मेचीनगर ६ कै एक महिलासहित ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्