बिर्तामोड , बैशाख २३ । दोस्रो लहरको कोरोना संक्रमणबाट बालबालिका पनि प्रभावित भएका छन् ।

बिर्तामोडको बिएण्डसी हस्पिटलमा दुईजना बालकलाई कोरोना संक्रमण भएर उपचारका लागि भर्ना गरिएको छ । एकजना एक वर्ष र अर्का दुई वर्षका रहेका छन् ।बिएण्डसीमा उपचाररत् कोरोना संक्रमितहरुको सँख्या ३६ पुगेको छ ।अस्पतालले कोरोना संक्रमितहरुको लागि ६५ वटा बेडको व्यवस्था गरेको जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।
यसैबीच विगत ६ दिनदेखि उपचाररत अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको अबस्था स्थीर रहेको छ । कोरोना संक्रमण भएर उनलाई बिएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो । भन्टिलेटरमा उनको उपचार भइरहेको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्