बिर्तामोड ,बैशाख २१ । कोरोना संक्रमितको सँख्या थपिदै गएपछि बिर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ ।

मेची आँखा अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । जुन भोलिदेखि संंचालनमा ल्याइने छ । त्यसैगरी संक्रमितका लागि नगरपालिकाका तर्फबाट मंगलबारदेखि एउटा एम्बुलेन्स संचालनमा ल्याइएको उनले जानकारी दिए । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता बिर्तामोडमा एकजनाको मृत्यु हुनुका साथै नयाँ भेरियन्टका सक्रिय संक्रमितको सँख्या २०३ पुगेको छ । बिर्तामोडमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्