झापा, बैशाख २३ । उदयपुरको त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाइ ३६ बर्षीय खुशीलाल चौधरीको मृत्यु भएको छ ।

गत बैशाख २० गते राति ८ बजे सामान्य बिषयलाई लिएर दाजुभाइबीच विवाद भई कुटपिट हुँदा घाईते भएका खुशीलाललाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा हिजो दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्