झापा, बैशाख २३ । कोरोना संक्रमितका लागि भद्रपुरको मेची अस्पतालमा २५ बेडको अलग्गै एचडियू संचालन गरिने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी)को आज बसेको बैठकले मेची अस्पतालमा २५ बेडको एचडियू संचालनमा रहेकोमा कोरोना संक्रमितका लागि अलग्गै २५ बेडको एचडियू संचालन गर्ने निर्णय गरेको हो । जसको व्यवस्थापनका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयसँग बजेट माग गर्ने निर्णय गरिएको छ । एचडियू संचालनका लागि थप जनशक्ति माग गर्ने निर्णय भएको हो । त्यसका लागि ८ जना मेडिकल अधिकृत , १० जना स्टाफ नर्स र ७ जना कार्यालय सहयोगी आबश्यक देखिएको छ ।

त्यस्तै मेची अस्पतालको कोभिड वार्डको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाली सेनालाई दिइने भएको छ । सुरक्षा फौजको लागि चाहिने आबश्यक भौतिक पूर्वाधार र स्वास्थ्य सामग्री अस्पतालले व्यवस्थापन गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्