झापा, बैशाख २४ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गौरादह ४ की एक संक्रमित बृद्धाको उपचारका क्रममा मृत्यु भएको हो । दमकको एड्भान्स अस्पतालमा उपचारको क्रममा ६० वर्षिया ती वृद्धाको आज बिहान मृत्युु भएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । हिजो स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियोे । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्