झापा , बैशाख २५ । शनिबार झापामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा ८४ महिला १०५ जना पुरुष छन् । शनिबार थपिएका संक्रमितमध्ये दमक नगरपालिकाका सबैभन्दा बढी ४३ जना रहेका छन् । जसमा १९ महिला र २४ जना पुरुष रहेका छन् ।यसैगरी, बिर्तामोडमा १७ महिलासहित ३२ जना, दमकमा १० महिलासहित २५ जना, कनकाईमा १० महिलासहित २० जना, मेचीनगरमा १० महिलासहित १९ जना, अर्जुनधारामा ५ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।यस्तै, गौरादहमा ४ महिलासहित ८ जना, बुद्धशान्तिमा ३ महिलासहित ७ जना, शिवसताक्षीमा १ महिलासहित ६ जना, हल्दिबारीमा ३ पुरुष, गौरीगञ्जमा २ पुरुष, कचनकवलमा १ महिला, १ पुरुष, कमल र बाह्रदशीमा १–१ महिला, झापामा १ पुरुष र ठेगाना नखुलेका २ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।योसँगै झापामा कुल सक्रिय संक्रमितको संख्या १ हजार ३७५ पुगेको छ । कूल संक्रमितको सँख्या ६ हजार ११४ पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ४ हजार ५९२ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्