सपना आचार्य ,
माई ईलाम ,बैशाख २५ । ईलामको माई नगरपालिकामा ३ कर्मचारीसहित १३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

पिसिआर गरेका ९० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो ।कर्मचारी, जनप्रतिनिधि र समुदाय तहमा रहेका व्यक्तिसहित १६ जनाको पिसिआर परिक्षण गर्दा शनिवार १३ जनाको पोजेटिभ रिपोर्ट आएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । कोरोना पोजेटिभ भई संक्रमित हुनेमा माई–२ का ८, १४, २८ र २९, माई–३ का २८ र २९, माई–५ का ३४ र ७६, माई ७ का ३१ र माई–९ का २२ बर्षका पुरुष रहेका छन् । त्यस्तै ३ जना महिला पनि संक्रमित भएका छन् । संक्रमित हुनेमा माई–२ का २८ र ३४ बर्ष र माई–५ का ७३ बर्षका रहेका छन् । माई नगरपालिकाले संक्रमण वढेको भन्दै बैशाख ३१ गतेसम्म अतिआवश्यक सेवाबाहेक सबै बन्द गरेको छ ।

१७ जना सक्रिय सक्रमित रहेको माईमा यसअघि माई–१, ३, ४ र ६ का ४ जना पुरुष होम आईसोलेसनमा रहेको प्रमुख कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्