झापा, बैशाख २६ । मादक पदार्थ सेवन गरी झैझगडा हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाउँपालिका १ आरुबोटेका ६० बर्षीय महेशकुमार खड्का रहेका छन् । हिजो बेलुका पौने ९ बजे सोही ठाउँका ५० बर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सुनुवार समेत घाईते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात् ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा लिएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्