भद्रपुर, बैशाख २७ । झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्तापछि पूर्ण नियन्त्रणमा आएको छ ।

बैशाख २० गते राति ३ बजेतिर सल्किएको आगो आइतवार राति १२ बजेबाट पूर्ण नियन्त्रणमा आएको हो ।
शुरुमा आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएको थियो । तर पछि आगो पूर्ण नियन्त्रणमा ल्याउन प्रत्येक दिन तीनवटा दमकल, ६ वटा ट्रयाक्टर,२ वटा टिपर र ३ वटा जेसिबी प्रयोग गरिएको थियो । निलकोठी भन्ने ठाउँमा रहेको ब्रिकेट फ्याक्ट्रीमा लागेको आगोबाट १३ देखि १५ करोडसम्म क्षति भएको उद्योग ंचालक चण्डी पराजुली बताए । आगलागीबाट एउटा पुरै युनिट जलेर नष्ट भएको छ । आगलागीबाट फ्याक्ट्री , त्यहाँ रहेको मेशिन , ट्रयाक्टर , जेसीबी , कच्चा पदार्थ , तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको संचालक आदित्य पराजुलीले बताए । आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५५ लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको पराजुलीले जानकारी दिए ।
बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो ।करिव तीन वर्षअघि सो फ्याक्ट्री स्थापना गरिएको हो । फ्याक्ट्री डेढ विगाह क्षेत्रफलमा फैलिएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्