झापा , बैशाख २७ । लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १० का २७ वर्षिय हर्कबहादुर तामाङ रहेका छन् ।

झापा जिल्ला अदालतको २०७५असार २६ गतेको फैसला अनुसार लागूऔषध हिरोईन मुद्दामा एक वर्ष कैद फैसला भई हालसम्म फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बैशाख २४ गते पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि कारागार कार्यालय चन्द्रगढी पठाउन जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।