बिर्तामोड, बैशाख २८ । इलामका एक कोरोना संक्रमितको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम नगरपालिका वडा नं ५ का बराइली थरका ८९ वर्षिय बृद्ध रहेका छन् । उनको आज बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनको लाशलाई घर लैजाने वा झापामै अन्त्येष्टि गर्नेबारे टुंगो भइनसकेको चारआलीस्थित नयाँश्रीनाथ गणले जनाएको छ । योसँगै इलाममा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्