हल्दीवारी , बैशाख २८ । कावेली सिमेन्ट उद्योगले ८ वटा अक्सिजनको सिलिन्डर उपलब्ध गराएको छ ।

कावेली सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक युवा व्यवसायी सुमन मैनालीले आफ्नो उद्योगमा रहेका अक्सिजनको सिलिन्डर जिल्ला प्रशासन कार्यालयलाई ३ थान ,हल्दीवारी गाउँपालिकालाई २ थान र ३ थान मेडिकल क्लिनिकहरुलाई उपलब्ध गराएका हुन् । कोभिडका बिरामीलाई आवश्यक परेकाले स्वास्थ्य शाखाले प्रयोग गरिसकेपछि फिर्ता गर्नेगरी अक्सिजनको सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले आह्वान गरेका छन् । हल्दीवारीमा कोभिडका बिरामीलाई लक्षित गरी २५ बेडको आइसोलेसन सेन्टर तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्