झापा, बैशाख २९ । झापाको कन्काई नगरपालिका–३ सुरुङ्गामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका–७ की ७१ बर्षीया कमलामाया कामीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्