सुरुङ्गा , बैशाख ३० । कनकाई नगरपालिकाका एक कोरोना संक्रमितको हिजो साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं.७ का ६० वर्षिय खरेल थरका बृद्ध रहेका छन् । होम आइसोलेसनमा रहेका ती बृद्धको शरीरमा अक्सिजनको मात्रा कम भएर मेची अस्पतालमा पुर्याउँदा नपुर्याउँदै साँझ ६ः ३० बजे मृत्यु भएको परिवारले जनाएको छ ।




