मेचीनगर , बैशाख ३० । नेपाली कांग्रेसका नेता प्रेम राईको निधन भएको छ ।

मेचीनगर ६ काँकरभिट्टा निवासी ८० वर्षिय नेता राईको काठमाडौंस्थित छोरीको घरमा गएराति ११ बजे निधन भएको हो । नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा मेचीनगरका पूर्व नगर सभापति राईको ह्रदयघातबाट निधन भएको जनाइएको छ । उनको शव काँकरभिट्टा ल्याउँदै गरेको पार्टीका केशवराज पाण्डेले जानकारी दिएका छन् । प्रजातान्त्रिक आन्दोलनका प्रणेता, समाजसेवी राई शहीद धनबर्ण राईका छोरा हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्