मेचीनगर , बैशाख ३० । गएराति मेचीनगरमा रोकिराखेको लहरीसँग ठोक्किएर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राति ९.१० बजे मेचीनगर १० टिकापुरस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा ६३ प २७९० नं. को मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साईडमा बिग्रिएर रोकिराखेको RJ 06 GB 5424 नं.को भारतीय लहरी ट्रकको पछाडी ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी मेचीनगर १२ बस्ने ३० वर्षिय कुजैहाङ लिम्बु घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राति ९.४० बजे मृत्यु भएको हो । लिम्बुको शव हाल सोही अस्पताल र ट्रक घट्नास्थलमा नै रहेको प्रहरीले जनाएको छ । ट्रक चालक तत्काल सम्पर्कमा नरहेकाले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्