झापा , बैशाख ३० । पछिल्लो दिनमा झापामा कोरोना संक्रमण तीब्ररुपमा बढिरहेको भन्दै जेठ १ गतेदेखि औषधी खरिद र उपचारका लागि बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञामा कडाई गरिने भएको छ ।
आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञामा कडाई गर्ने निर्णय गरेको हो । औषधी , स्वास्थ्य सामग्री , इन्धन बाहेक खाद्यान्न पसल , व्यवसाय पूर्णरुपमा बन्द गर्ने , हरियो तरकारी , फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह तथा स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा बिहान ८ बजेदेखि घरघरमा होम डलिभरी गर्नेलगायतका निर्णय गरिएको छ । सो निर्णय बैशाख ३१ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।


