झापा , बैशाख ३१ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा ९ का ४५ वर्षिय पुरुष रहेका छन् । उनको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए ।योसँगै अर्जुनधारामा कोरोना संक्रमणको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ ।