कुमरखोद ,बैशाख ३१ । कोरोना सक्रमितको सँख्या दिनानुदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले जेठ १ देखि ७ गतेसम्म कडाईका साथ निषेधाज्ञा लागु गरेको छ ।

शुक्रवार बसेको झापा गाउँपालिकास्तरीय कोभिड १९ सीसीएमसीको बैठकले जिल्ला प्रशासन कार्यालयले जारी गरेको कोभिड १९ सँग सम्वन्धी आदेशको कार्यान्वयन गर्दै जेठ १ देखि ७ गतेसम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो । बैठकले झापा गाउँपालिकामा संक्रमितहरुको सँख्या दिनानुदिन बढ्दै गएकोले लकडाउन अवधिभित्र संभावित संक्रमितहरुको एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ ।
बैठकले औषधी पसलबाहेक झापा गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण हाटबजार , पसल, पूर्ण रुपमा बन्द गर्ने , बैंक, सहकारी तथा वित्तीय संस्थाहरुको हकमा हप्ताको २ दिन न्यूनतम कर्मचारीको उपस्थितिमा मात्र खोल्न दिने निर्णय गरेको छ । हरियो सागसव्जी विहान ८ बजेसम्म होमडेलीभरी गरी बेच्न पाईने र सम्पूर्ण सवारीसाधन पूर्णरुपमा बन्द गराउने निर्णय गरिएको छ ।
झापा गाउँपालिकाभित्र कसैलाई कोभिड १९ को संक्रमण भएर अस्पताल लैजानु परेमा स्वास्थ्य शाखाको सिफारिसमा झापा गाउँपालिकाले एम्वुलेन्स भाडा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
कोरोना संक्रमणको दोस्रो लहरमा झापा गाउँपालिकामा अहिलेसम्म नयाँ भेरियन्टका संक्रमितको संख्या ३३ पुरुष र १८ महिला गरी जम्मा ५१ रहेको छ भने शुक्रबारसम्म सक्रिय संक्रमित संख्या ३८ रहेको छ । दुईजना पुरुष संक्रमितको मृत्यु भईसकेको झापा गाउँपालिका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्