झापा , जेठ २ । प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ ।

झापा क्षेत्र नं १ ‘ख’ का प्रदेशसभा सदस्य बुढाथोकीकी ८६ वर्षिया आमाको गएराति १०.१५ बजे कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्