मेचीनगर,जेठ ३ । मेचीनगर नगरपालिकाले हरेक महिना सञ्चालन गदैं आएको खोप सेवा स्थगित गरेको छ ।

जन्मेदेखि १५ महिनामुनिका बालबालिका र गर्भवती महिलाहरुलाई नगरपालिकाको खोपकेन्द्र एवम् स्वास्थ्य केन्द्रहरुले प्रत्येक महिनाको ३ गतेबाट तालिका अनुसार सञ्चालन गदैं आएको १२ वटा रोगविरुद्घको नियमित खोप स्थगित गरिएको नगर प्रमुख विमल आचार्यले जारी गरेको सूचनामा जनाइएको छ ।
विश्वभर महामारीका रुपमा रहेको कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै २०७८ साल जेठ महिनाको खोप सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ ।
नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीले खोपसेवा प्रदान गदैं आएका छन् । मेचीनगर २०७५ असार ७ गते पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्