बिर्तामोड , जेठ ३ । कोरोनाको दोस्रो लहर बढेसंगै निषेधाज्ञा लागू भएर सदस्यहरु कोरोनाको त्रासमा रहेका बेला शिखर बचत तथा ऋण सहकारी संस्थाले उनीहरुको आत्मबल बढाउने योजना ल्याएको छ ।

यो विषम परिस्थितिमा शिखर साकोसले ‘नआत्तिनुस् , मनोबल उच्च राख्नुस् शिखर साकोस छ तपाईको साथमा ’ भनेर सदस्यहरुलाई आत्मबल बढाउने योजना ल्याएको हो । कोरोना संक्रमित हुँदा आत्तिएर आत्मबल घट्दा मानिसको मृत्यु हुने भएकाले सदस्यहरुको आत्मबल बढाउने र दुख पीडामा सहयोग गर्ने कार्यक्रम ल्याइएको शिखर साकोसले जनाएको छ । सदस्यहरुलाई भेटेर पौष्टीक आहार सहयोग गरी मनोबल उच्च बनाउने कार्यको थालनी गरिएको हो । संस्थाले अस्पताल, स्वास्थ्य सामग्री , पोसिलो खानेकुरा ,अक्सिजन,रगत, यातायात लगायतको निम्ति पहल गर्ने समेत संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जनाएका छन् । एकातिर कोरोनाको त्रास त छँदैछ , अर्कोतिर व्यापार व्यवसाय ठप्प छ । यस्तो बेला व्यवसायी सदस्यहरुमा आर्थिक भार बढन सक्ने हँुदा केही राहतस्वरुप योजना ल्याईएको सहसचिव तारा खतिवडाले बताए ।
यो विषम परिस्थितिमा निषेधाज्ञाको समय अवधिभर सदस्यहरुलाई हर्जना र जरिवानामा शतप्रतिशत छुट दिने र निषेधाज्ञा अवधिको व्याजमा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरिएको संस्थाका अध्यक्ष राउतले बताए । यो विषम परिस्थितिमा सदस्यहरुलाई सुरक्षित रहँदै घरघरमै बस्न र अत्यावश्यक भए सम्पर्क नम्वरमा सम्पर्क गरेर सेवा सुविधा लिन समेत अनुरोध उनले जानकारी दिए ।

यसैबीच सामाजिक कार्यमा समेत अग्रणी रहेको शिखर साकोसका कर्मचारीहरुले आफ्नो तलवबाट केही रकम कटाएर एकका लागि एक अभियानलाई अक्सिजन बैंक स्थापनाको लागि २ थान अक्सिजन सिलिन्डर सहयोग गर्ने निर्णय गरेका छन् । अहिलेको आवश्यकता अक्सिजन भएको हुँदा हामी कर्मचारीहरुको पनि समाजप्रति उत्तरदायित्व हुनुपर्छ भनेर सो सहयोग गरेको व्यवस्थापक लिलानाथ रेग्मीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्