झापा , जेठ ४ । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षिय श्याम राई रहेका छन् । आज बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न.१ बाट निस्किएको एउटा जंगली हात्तीलाई खेदाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो । घाईतेलाई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ६ दिनअघि कमल गाउँपालिका ३ बस्ने ४४ वर्षिय जितबहादुर लिम्बुको हात्तीकै आक्रमणमा परी ज्यान गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्