झापा, जेठ ४ । झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुईजना महिला रहेका छन् । बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा आज बिहान दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दमक नगरपालिका वडा नं ८ की तामाङ थरकी ६२ वर्षिया महिला र बिर्तामोड ४ की कुसवाह थरकी ४० वर्षिया महिला रहेका छन् । उनीहरुको उपचारका क्रममा बिहान साढे ७ बजेतिर मृत्यु भएको जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए । अहिले बिर्तासिटी हस्पिटलमा इमर्जेन्सी र बेड गरी ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए ।

त्यस्तै मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मेचीनगर ७ इटाभट्टाका निरौला थरका ३२ वर्षिय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सामाजिक विकास शाखाका नविन बरालले बताए । उनी मेचीनगर नगरपालिकाका कर्मचारी हुन् । उनी विद्युत शाखामा कार्यरत रहेको बरालले जानकारी दिए । मेचीनगरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ ,

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्