बिर्तामोड , जेठ ४ । झापामा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआरतर्फ २८७ र एन्टिजेनतर्फ १६ जनामा पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये १३८ जना महिला र १६५ जना पुरुष रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका ६७ जना रहेका छन् । जसमा ३८ जना महिला रहेका छन् ।यसैगरी मेचीनगरमा २७ महिलासहित ५२ जना, भद्रपुरमा १९ महिलासहित ४४ जना, दमकमा ११ महिलासहित २४ जना, अर्जुनधारामा ६ महिलासहित १७ जना, हल्दिबारीमा ५ महिलासहित १५ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, कनकाईमा १० महिलासहित २४ जना, बुद्धशान्तिमा ४ महिलासहित १२ जना, गौरीगञ्जमा ३ महिलासहित ८ जना, शिवसताक्षी र कचनकवलमा २–२ महिलासहित ७–७ जना, कमलमा २ महिलासहित ४ जना, बाह्रदशीमा २ महिलासहित ७ जना, झापा र गौरादहमा १–१ जना पुरुष तथा ठेगाना नखुलेका ३ महिलासहित ८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।योसँगै झापामा पीसीआरतर्फ कुल संक्रमितको संख्या ८२२९ र एन्टिजेनतर्फ ४१७ पुगेको छ । सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा ३१३२ को उपचार भइरहेको छ । यसैबीच आज ५३ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज संख्या ४९२४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्