झापा, जेठ ५ । पूर्व जनप्रतिनिधिसहित झापाका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट दमकका पूर्व जनप्रतिनिधिको निधन भएको हो । दमक ५ का पूर्व वडाध्यक्ष मोति इङनामको कोरोना संक्रमणबाट मृत्यु भएको दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । उनको नोबेल अस्पतालमा आज बिहान २ बजे निधन भएको गुरुङले पुष्टि गरे । कोरोना संक्रमणपछि उनी बिर्तामोडको बिर्तासिटी अस्पतालमा झण्डै १५ दिनदेखि उपचाररत थिए । तर स्वास्थ्यमा असहजता देखिएपछि उनलाई नोबेल अस्पताल लगिएको गुरुङले जानकारी दिए । उनको आज बिहानै नोबेलमा निधन भएको हो । आजै ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने गुरुङले जानकारी दिए । इङनाम २०५४ मा साविक दमक १०को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै अर्जुनधारा ९ की एक महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शिवाकोटी थरकी ५५ वर्षिया महिलाको धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा गएराति मृत्यु भएको हो । श्रीमान र छोरा नभएकी र छोरीहरु धरानमा रहेकाले ती महिलाको धरानमै अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्