झापा , जेठ ५ । झापा अर्जुनधाराका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा १० का ६६ वर्षिय बृद्ध रहेका छन् । उनको मनमोहन हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । यसअघि गएराति अर्जुनधारा ९ की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । शिवाकोटी थरकी ५५ वर्षिया महिलाको धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा मृत्यु भएको हो । योसँगै कोरोनाको नयाँ भेरियन्टबाट अर्जुनधारामा मृत्यु हुनेको सँख्या ८ पुगेको छ । अर्जुनधाराका दुईसहित आज झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।