झापा, जेठ ५ । केही दिनदेखि झापामा कोरोना संक्रमण दर बढ्दो छ ।
मंगलवार ३०३ जनामा संक्रमण देखिएको झापामा पछिल्लो २४ घण्टामा २९६ जना संक्रमित थपिएका छन् । जसमा १३० जना महिला छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर परीक्षणबाट १२४ महिलासहित २८१ जना र एन्टिजेनतर्फ ६ महिलासहित १५ जनामा संक्रमण पुष्टि भएको हो ।सबैभन्दा बढी दमक नगरपालिकामा ४५ महिलासहित ८९ जना संक्रमित थपिएका छन् । यस्तै, बिर्तामोडमा २२ महिलासहित ४३ जना, भद्रपुरमा ११ महिलासहित ३२ जना, मेचीनगरमा १० महिलासहित ३४ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै, अर्जुनधारामा ८ महिलासहित २४ जना, बुद्धशान्तिमा ८ महिलासहित २० जना, कनकाईमा ७ महिलासहित २४ जना, शिवसताक्षीमा ४ महिलासहित ८ जना, बाह्रदशीमा ५ महिलासहित ७ जना, गौरादहमा ६ महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ ।कोभिड फोकल पर्सन जीवन चौलागाईका अनुसार कचनकवल र कमलमा ३–३ जना, झापामा ५ जना, हल्दिबारीमा ३ जना र ठेगाना नखुलेका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।योसँगै झापामा कुल संक्रमितको संख्या ८ हजार ५०७ पुग्दा सक्रिय संक्रमितको संख्या ३ हजार ३६५ रहेको छ ।बुधबार झापामा ३९ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना जित्नेको संख्या ४ हजार ९६३ पुगेको छ ।