बिर्तामोड , जेठ ६ । राजवंशी विकास प्रतिष्ठान झापाले बिर्तामोडको नगर अस्पतालका लागि एक थान अक्सिजनसहितको सिलिन्डर प्रदान गरेको छ ।

नगर अस्पताललाई दिनेगरी संकलन गरिरहेको नेकपा एमाले बिर्तामोडलाई प्रतिष्ठानले सिलिन्डरवापतको १५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले नेकपा एमाले बिर्तामोडका सचिव सुवास भट्टराईलाई सो सहयोग हस्तान्तरण गरेका थिए । गत चैत ३१ गते आधिकारिक रुपमा दर्ता भएको सो सँस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्