झापा, जेठ ६ । झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
ती सामानहरू व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य संघको सहकार्यमा घर–घरमा पु¥याइसक्नु पर्ने हुन्छ । त्यस्तै बैठकले निर्माण सामग्री ओसारपसारका लागि बिहान ११ बजेदेखि दिउँसो १ सम्म समय तोकेको छ । निर्माण व्यवसायीले पसल नखोली त्यो सामान गोदाममा राख्न पाउने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्