झापा , जेठ ६। पछिल्लो २४ घण्टामा झापाका २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक सय जना महिला र ११८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ४१ जना रहेका छन् । जसमा २१ जना महिला रहेका छन् । यस्तै, भद्रपुरमा १४ महिलासहित २८ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै, संक्रमित हुनेमा कमलमा १४ महिलासहित ३१ जना, अर्जुनधारामा ७ महिलासहित २२ जना, दमकमा १० महिलासहित २२ जना, कनकाईमा १० महिलासहित १७ जना, मेचीनगरमा ९ महिलासहित १७ जना, हल्दिबारीमा ४ महिलासहित ६ जना रहेका छन् ।यसैगरी, शिवसताक्षीमा १ महिलासहित ५ जना, गौरादहमा १ महिला, १ पुरुष, गौरीगञ्जमा २ महिला, २ पुरुष, कचनकवलमा ३ महिला, बाह्रदशीमा १ पुरुष तथा पालिका नखुलेका ३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् ।योसँगै झापामा कुल संक्रमितको संख्या ८ हजार ७०४ रहेको छ भने बिहीवार ८१ जना निको हुँदा कुल संक्रमण मुक्त हुनेको संख्या ५ हजार ४४ पुगेको छ ।यस्तै, विभिन्न आइसोलेसनमा ३ हजार ४७८ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्