बिर्तामोड , जेठ ८ । बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा मेचीनगर नगरपालिकाका वडाध्यक्षसहित तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज मध्यान्ह बिर्तासिटी हस्पिटलमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । कोरोना संक्रमण भएपछि उनी विगत ११ दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।स्वास्थ्यमा समस्या देखिएपछि बैशाख २७ गते उनी हस्पिटल भर्ना भएको र २८ गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मेचे कांग्रेसको भातृ संगठन आदिबासी जनजाति संघ झपाका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आफतका पूर्व कन्द्रीय अध्यक्षसमेत रहेका थिए ।

त्यस्तै आज बिहान बिर्तासिटी हस्पिटलमा हल्दिबारी १ का २९ वर्षिय ठाकुर थरका पुरुषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।

त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ६२ वर्षिय पुरुषको गएराति बिर्तासिटी हस्पिटलमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । हिजो बिहान मात्र बुद्धशान्तिका एक संक्रमितको मेची अस्पतालमा मृत्यु भएको थियो । बुद्धशान्तिमा नयाँ भेरियन्टबाट ३ जनाको मृत्यु भइसकेको अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्