झापा, जेठ ८ । झापामा पछिल्लो २४ घण्टामा २३४ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा पीसीआर विधिबाट २१५ जना र एन्टिजेनतर्फ १९ जना संक्रमित भएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये ८७ जना महिला छन् । सबैभन्दा बढी दमकका ८७ जना छन् । जसमा ३४ जना महिला संक्रमित हुन् । यस्तै, बिर्तामोडका ११ महिलासहित ३५ जना र भद्रपुरका १४ महिलासहित ३२ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी, कनकाईमा ८ महिलासहित १५ जना, मेचीनगरमा २ महिलासहित १२ जना, अर्जुनधारामा ४ महिलासहित १२ जना, हल्दिबारीमा ३ महिलासहित ८ जना, गौरीगञ्ज र शिवसताक्षीमा समान २–२ महिलासहित ४–४ जना, बुद्धशान्ति र बाह्रदशीमा समान १–१ महिलासहित ४ –४ जनामा संक्रमण पुष्टि भएको छ ।कोभिड फोकल पर्सन जीवन चौंलागाईका अनुसार कमलमा २ महिलासहित ५ जना, कचनकवलमा १ महिलासहित ७ जनामा पनि संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कुल संक्रमित संख्या पीसीआरतर्फ ९ हजार १३४ र एन्टिजेनतर्फ ५०२ पुगेको छ भने ३ हजार ७२३ जनाको उपचार भइरहेको छ ।यसैबीच, कोरोनालाई जितेर आज सर्वाधिक १०९ जना घर फर्किएका छन् । कोरोना जित्नेको कुल संख्या ५ हजार २१८ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्